
चन्द्रागिरि ।
स्थानीय तह निर्वाचन २०७४ बाट विजयी भएका चन्द्रागिरि नगरका जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । निर्वाचन अधिकृत गणेश नायकले नगरका प्रमुख र उपप्रमुखलार्इ पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नगरका निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरूलार्इ नगरप्रमुख घनश्याम गिरीले पद तथा गोपनियताको सपथ गराएका थिए ।