
चन्द्रागिरि ।
नेपाल मजदुर किसान पार्टीका नेता गुणदास महर्जनले अाफ्नो पार्टी नेवाः सभ्यता जगेर्ना गर्न प्रतिबद्ध रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिकाको पहिलो मेयरको उम्मेदवारसमेत रहेका मर्हजनले चन्द्रागिरिन्युजसँग कुरा गर्दै अासन्न स्थानीय निर्वाचनमा अाफ्नो पार्टीले अधिकांश स्थानमा विजय हासिल गर्ने बताउँदै नगरका ग्रामिण इलाकाको विकासमा प्राथमिकता दिने बताए । अाफ्नो पार्टी समस्त कृषक तथा मजदुरको हितका लागि क्रियाशिल रहेको बताउँदै उनले नेवार संस्कृति जगेर्ना र वृद्धवृद्धाको उचित रेखदेख गर्नु ध्यान केन्द्र, अाध्यात्मिक केन्द्र तथा युवाहरूका लागि खेल मैदान निर्माण पार्टीको मुख्य लक्ष्य रहेको धारणा व्यक्त गरे ।
अव्यवस्थित शहरीकरणलार्इ व्यवस्थित बनाउने, खानेपानीको बढ्दो अभाव पुर्तिका लागि पानी पुनःभरण कार्यक्रमलार्इ नेपाल मजदुर किसान पार्टीले अासन्न निर्वाचनको मुख्य नाराका रूपमा समावेश गरेको छ । अाम नागरिकलार्इ निःशुल्क स्वास्थ्य सुविधा तथा गुणस्तरीय शिक्षाका लागि पार्टीले हरदम प्रयास गर्न अनि मजदुरको हक हित तथा स्थानीय उद्योगहरूमा मतदाताको रोजगारीको ग्यारेण्टी पनि अफ्नो लक्ष्य रहेको महर्जन तर्क छ ।