राष्ट्रपति भण्डारीबाट सहमतीय सरकार गठनका लागि आह्वान

चन्द्रागिरि ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पदबाट राजिनामा गरिसकेकाले राष्ट्रपति भण्डारीले संविधानको धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठन गर्न आह्वान गरेकी हुन् ।सात दिनभित्र सहमतीय सरकार गठन हुन नसके बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।