चन्द्रागिरि ।
स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणमा हुने निर्वाचनका लागि बैशाख २८ गते बिहीबार मध्यरातबाट माैन अवधि सुुरू हुदैँछ । निर्वाचन अायोगले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै माैन अवधिमा चुनावी प्रचार गर्न निशेष गरिएको छ । स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ को उपदफा १ मा माैन अवधि सुरू भएपछि मतदानको काम पुरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्धेश्यले कुनै प्रकारको कुनै किसिमको प्रचार गर्न दिन हुँदैन् भन्ने उल्लेख छ ।
Leave a Reply
You must be logged in to post a comment.