चन्द्रागिरि नगरको उपमेयरमा नेकपा एमालेको अग्रता

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिकाको स्थानीय निर्वाचनको मतगणना उत्तरार्ध नजिक पुगेको छ । चन्द्रागिरि नगरपालिकाको वडा नं. १४ र १५ को मतगणना जारी रहँदा मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। उपमेयरमा नेकपा एमालेले ५३१  मतको अग्रता लिएको छ ।

अाइतबार मध्यान्ह १२ बजेसम्म भएको मतगणना अनुसार नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार घनश्याम गिरीले १२ हजार ३ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार प्रह्लाद बहादुर कार्कीले ९ हाजर ५ सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए । त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार लिशा नकर्मीको १० हजार ९ सय २१ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी उम्मेदवार इन्द्रावति श्रेष्ठकाे १० हजार ३ सय ९० मत रहेको छ । नेकपा माअोवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदवारले क्रमश ३५९४ र ३६७३ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत नायकका अनुसार चन्द्रागिरि नगरपालिकाको सम्पुर्ण मतगणना अाज रातिसम्म सकिनेछ ।