चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरी निर्वाचित

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा नेपाली काँग्रेसका उम्मेदवार तथा उप प्रमुख (उपमेयर) मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अाइतबार साँझ सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेसका तर्फबाट चन्द्रागिरि नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका चन्द्रागिरि नगरका सभापति समेत रहेका घनश्याम गिरीले १३ हजार ३ सय ९ मत प्राप्त गरि विजय हासिल गरे उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रह्लाद बहादुर कार्कीले १० हजार ४ सय २१ मत प्राप्त गरे । नेकपा माअोवादी केन्द्रका तर्फबाट चन्द्रागिरि नगरको मेयरपदमा उम्मेदवारी दिएका श्रीकृष्ण श्रेष्ठले ३ हजार ७ सय ८७ मत प्राप्त गरे ।

उप प्रमुखमा लगातार अग्रता बनाएकी नेपाली काँग्रेसकी इन्द्रावति श्रेष्ठलार्इ पराजित गर्दै नेकपा एमालेकी उम्मेदवार लिशा नकर्मीले विजय प्राप्त गरिन्। नकर्मीले ११ हजार ८ सय ३४ तथा श्रेष्ठले ११ हजार २ सय ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए ।