यस्ता छन् चन्द्रागिरि नगरलार्इ संवृद्ध बनाउन घनश्याम गिरीका प्रतिबद्धताहरू

चन्द्रागिरि ।

वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय चुनावको माैन अवधि अाज मध्यरातबाट प्रारम्भ हुँदैछ । चन्द्रागिरिन्युजले माैन अवधिको पुवार्धमा नेपाली कांग्रेसबाट चन्द्रागिरि नगरको मेयर पदमा उम्मेदवारी दिएका घनश्याम गिरीसँग सम्पर्क गरि पहिलो नगरप्रमुख भएमा गरिने मुख्य मुख्य कार्यहरू के हुनेछन् भनि जिज्ञासा राखेको थियो ।

मेयर पदका उम्मेदवार घनश्याम गिरीका अनुसार नेपाली काँग्रेस चन्द्रागिरि नगर इकार्इले तय गरेका सबै १८ वटा प्रतिबद्धता पुरा गरिनेछ, जसका लागि नगरका अावश्यकताहरूलार्इ प्राथमिकताका अधारमा वर्गीकरण गरिनेछ । मोफसललार्इ राजधानीसँग जोड्ने मुख्य सडक नाका चन्द्रागिरि नगरबाटै प्रारम्भ हुने भएको हुँदा सडकको सुधार र स्तरलार्इ पहिलो प्राथमकिता दिइनेछ । चन्द्रागिरि नगरबसको व्यवस्थाका लागि विशेष जोड दिइ हाल कायम रहेका यातायात सेवाको दायरा बढाइनेछ साथै नगरभित्रका धार्मिक, एेतिहासिक, साँस्कृतिक सम्पदाहरूको संरक्षणमा विशेष पहल गरिनेछ ।

चन्द्रागिरि नगरका हरेक घरमा फुलबारी निर्माणका लागि अभिप्रेरित गरिनेछ भने त्रिभुवन स्मारक (पार्क)लार्इ मुलुककै उत्कृष्ठ उद्यानका रूपमा विकास गरिनेछ । नगरका सेवा सुविधालार्इ पारदर्शी बनाइनेछ भने सामाजिक उत्तरदायित्वको अकार र भुमिकाको विस्तारमा जोड दिनका लागि नगरमा रहे भएका सरकारी तथा गैरसरकारी संघसंस्था प्रोत्साहन गरिनेछ । सामाजिक सुरक्षा भत्ताको हालको वितरण प्रणालीलार्इ अझ व्यवस्थित गरि समायानुकुल रकम वृद्धि गर्न लगाइनेछ भने फरक क्षमता भएका व्यक्तिहरूका लागि स्थानीय सरकार मार्फत सामाजिक संरक्षणका कार्यक्रम लागु गरिनेछ ।

महिला अधिकार र सहभागिताका लागि संविधानत् ३३ प्रतिशत सहभागितालार्इ पुर्णरूपमा कार्यान्वयन गरिनेछ साथै महिला हिंसाका घटनामा संलग्नलार्इ प्रचलित कानुन बमोजिम सजायको अतिरिक्त सामाजिक बहिष्कार गरिनेछ ।स्थानीय राजश्वको अधारलार्इ फराकिलो बनाउन स्थानीय श्रोत र साधनको अधिकतम परिचालन गरिनेछ । नगरक्षेत्र भित्र रहेका पिउनेपानीका श्रोतहरूको पहिचान गरि एकिकृत खानेपानी योजना सञ्चालन गरिने पनि गिरीले बताए । प्रसुति सेवा सहितको न्युनतम १५ शैयाको नगरस्तरीय अस्पतालको स्थापना गरिनेछ भने हाल नगर क्षेत्रमा सञ्चालनमा रहेका सबै स्वास्थ्य चाैकीहरूको स्तरन्नोती गरि गुणात्मक सेवा प्रदान गरिनेछ ।