यी हुन थानकोट कलंकी सडक खण्डमा अत्यधिक सडक दुर्घटना हुने क्षेत्र ‘ब्ल्याक स्पट’

चन्द्रागिरि ।

ट्राफिक महाशाखाले उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ घोषणा गरेको छ । यो सूचीमा कालिमाटी-कलंकी खण्ड, महाराजगन्ज-बसुन्धरा खण्ड, चप्पल कारखाना अगाडि, गोपीकृष्ण-चाबहिल खण्ड, सुकेधारा-धुम्बाराही खण्ड, त्रिभुवन विमानस्थलको कार्गो अगाडि, तिलगंगा अगाडि, बाफल-हल्चोक खण्ड, बबरमहल-माइतीघर खण्ड, माछापोखरी क्षेत्र, गुर्जुधारा (दाउराडिपो) ओरालो, त्रिभुवन पार्क अगाडि, कोटेश्वर-मुनीभैरव क्षेत्र, गैरीगाउँ, ढुंगेअड्डा-नैकाप क्षेत्र, बौद्ध-जोरपाटी ओरालो, साँखुको नाङ्लेभारे-लप्सीफेदी खण्ड, बूढानीलकण्ठको चपली घुम्ती, धोबीघाट, हात्तीवन, सल्लाघारीको एसओएस जाने बाटो र मनोहरा पुल-लोकन्थली क्षेत्र छन् ।