
जेष्ठ १०, २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा एकै दिन कोरोना संक्रमित बाट दुइ जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार दुइ जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा २ का बाद भन्ज्यांग बस्ने ६० बर्ष उमेर को पुरष र बाद भन्ज्यांगकै बस्ने ८५ बर्ष उमेरको पुरष रहेको चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको प्रमुख राममणी घिमिरेले बताउनु भएको हो ।
उनले मृत्यु हुनेमा दुइ जनानै अस्पतालमा मृत्यु भएको बताए।
यसै मृत्यु हुनेमा ६० बर्षे पुरष को कुनै दीर्घ रोग नभएको र ८५ को दीर्घ रोग भएको बताए। चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ४३ पुगेको छ।.