
मुटु रोग, स्त्री रोग र रेडियोलोजी लगायतका विशिष्टिकृत सेवा संचालन हुँदै आएको च न पा-४ मा अवस्थित चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोटमा अब आँखा उपचार सेवा पनि थप हुने भएको छ। ‘दृष्टि आई केयर सेन्टर’ संस्थाको सहकार्यमा उक्त सेवा संचालन हुन लागेको हो।
असार २० गते नगर प्रमुख घनश्याम गिरीज्युको अध्यक्षतामा नगरपालिकाको कार्यालयमा बसेको अस्पताल ब्यबस्थापन समितिको बैठकले अनुमोदन गरेको उक्त सेवा संचालनको सम्बन्धमा अस्पताल प्रमुख डा. सौरभ सुनारज्यु र दृष्टि आई केयरका निर्देशक डा. भाइराजा श्रेष्ठज्युका बीच यही असार २८ गते सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।