मातातीर्थमा वृहत् रक्तदान कार्यक्रम, १७ गते शनिबार हुने

काठमाडौं, चन्द्रागिरि न.पा.-८: ‘रक्तदान जीवनदान महापुण्यको काम’ भन्ने मूल नाराका साथ चन्द्रागिरि नगरपालिका-८, मातातीर्थमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ। “रक्तदान गरौँ, जीवनदान दिऔँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरिएको छ।

कार्यक्रमको विवरण:
* मिति: २०८२ साउन १७ गते, शनिबार
* समय: बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म
* स्थान: मातातीर्थ स्वास्थ्य चौकी, बौथली चोक, च.न.पा.-८, काठमाडौं
यस कार्यक्रमको समन्वय चन्द्रागिरि न.पा.-८ नम्बर वडा कार्यालय, मातातीर्थ, काठमाडौँ ले गरेको छ। कार्यक्रमलाई सफल बनाउन वडाभित्रका विभिन्न संघसंस्थाहरूले आयोजकको रूपमा सहकार्य गरेका छन्।
आयोजक संघसंस्थाहरू:
(१) मातातीर्थ मल्पी विकास समाज
(२) सञ्जीवनी महिला सहकारी
(३) कञ्चनबस्ती टोल सुधार समिति
(४) समतामूलक युवा क्लब
(५) शीतलबस्ती टोल सुधार समिति
(६) लालीगुराँस महिला समिति
(७) ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र
(८) महिला सशक्तीकरण नेपाल
(९) पूर्व सुरक्षाकर्मी परिषद् नेपाल
(१०) भकुन्डेचौर युवा समाज
(११) जीवन सुधार केन्द्र
(१२) रक्षा नेपाल
(१३) पतञ्जली योग समिति
(१४) अमरावती आवास
रक्तदान एक महान कार्य भएकाले यस पुण्य कार्यमा सहभागी भई जीवन बचाउन सबैलाई अनुरोध गरिएको छ।