चन्द्रागिरि नगरपालिका वडा न ६ र ७ स्तिथि कोरोनाबाट जोगिन पसल अगाडि ग्राहक उभिने घेरा

चन्द्रागिरि नगरपालिका वडा न ७ मा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु बिक्री गर्दा जनप्रतिनिधि को साहयतमा ब्यापारीले सुरक्षा सचेतना अपनाउन थालेका छन् ।

किराना, तरकारी र औषधि पसलका बिक्रेताहरुले कम्तीमा २ देखि तीन फिट दूरी राख्नुपर्ने व्यवस्था गरेका छन् ।

व्यापारीहरुले सर्वसाधारणका लागि घेरा बनाएका छन् । ती घेरामा उभिए मात्रै सर्वसाधारणले सामान पाइरहेका छन् । घेरामा उभिन पनि मास्क लगाएरै आउनुपर्दछ ।

च.न.पा  ६ का वडा अध्यक्ष सन्जय सिग्देलले आफ्नो वडामा दैनिक उपभोग्य सामान बेच्ने पसलमा घेरा बनाउन सुझाव दिएका छन् ।

च.न.पा  ७ का वडा अध्यक्ष सम्भु के.सीले दैनिक उपभोग्य सामान बेच्नेहरुले यसरी नै दूरी बनाए संक्रमणबाट बच्न सकिने बताए । केही ठाउँका बजारमा भने अहिले पनि व्यापक भीडका बीच सामान बिक्री भएका छन् ।