नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का २ हजार ४ सय २८ संक्रमित थपिएका छन् ।
१९ हजार ४ सय ४८ जनामा गरिएको आरटी/पीसीआर र एन्टिजेन परीक्षणमा २४२८ जनामा संक्रमण भेटिएको हो ।
पछिल्लो २४ घण्टामा कुल ५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार १ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आजको दिनमा सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको छ ।
पछिल्लो तथ्यांकअनुसार थप २ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।
Leave a Reply
You must be logged in to post a comment.