पछिल्लो २४ घन्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको पीसीआर/एन्टिजेन परीक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।
Leave a Reply
You must be logged in to post a comment.