निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न

हाम्रो जस्तो विकासशील मूलूकमा परिवार नियोजनको सेवालाई स्तरिय र भरपर्दो बनाउने उद्देश्याका साथ जिल्ला जनस्वास्थ्य कार्यलय, काठमाडौंको आयोजना तथा ने.प.नि.संघ ( नेपाल परिवार नियोजन संघ ) र SIFPO-2को सहयोगमा विभिन्न स्थानहरुमा संचालन भईरहेको परिवार नियोजनको निःशुल्क स्वास्थ्य शिविर आज सतुङ्गल स्वास्थ्य चौकीमा सफलता पूर्वक सम्पन्न भएको छ । उक्त शिविरमा च.न.पा नगर प्रमुख घनश्याम गिरि, उपप्रमुख लिसा नकर्मी र वडा १०, ११ का वडा अध्यक्ष गोपाल महर्जन र हरि भक्त महर्जन उपस्थित थिए ।



jibss

उक्त शिविरमा उल्लेखनिय संख्यामा दाम्पतिहरुको उपस्थिती रहेको थियो । अधिकांश दाम्पतिहरुले परामर्श सेवा मात्र लिएका थिए भने जम्मा ९६ जनाले परिवार नियोजनका सेवा लिएका थिए । परिवार नियोजनका सेवा लिने मध्यमा जम्मा ५८ जना इम्प्लान्ट (IMPLANT)का, ३ जना आ.इ.यु.सि.डि (I.C.U.D)का, ६ जना महिला बन्ध्याकरण(Minilap)का र १२ जना पुरुष बन्ध्याकरण(NSV)का थिए ।

चन्द्रगिरी न्यू््जसंगको छोटो कुराकानीका क्रममा ने.प.नि.संघ SIFPO-2 परियोजनाका जिल्ला कार्यक्रम संयोजक, डा. सुमन सरन रावलले पछिलो स्स्कर्ण हेर्दा उक्त शिविरमा उल्लेखनिय संख्यामा ब्रिदी भएको तथा हाम्रा दाजुभाई तथा दिदिबहिनीहरु परिवार नियोजनका विषयलाई लिएर खुलेर इक्षुक्ता देखाएको बताउनु भयो । सोही समस्यालाई निर्मूल पार्नका लागि आगामी दिनमा जिल्ला जनस्वास्थ्य कार्यलय, काठमाडौसंगको सहकार्यमा परिवार नियोजनबारे आम जनमानसमा शिक्षा, अनि सेवा प्रदान गर्नका निम्ति बिभिन्न कार्यक्रमहरु संचालनका लागि आफूहरु लागिपरको पनि बताउनु भयो । साथै इच्छुक दाम्पतिले परिवार नियोजन तथा गर्भानिरोधको सम्पूर्ण साधन तथा तरिका साथै यसै सम्बन्धि जिज्ञासाहरुको लागि हटलाईन नम्बर ः १६६००१६२७७७ मा सम्पर्क गर्न सक्नुहुने बताउनु भयो ।