
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कुल संक्रमितको संख्या ३४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
साथै पछिल्लो २४ घण्टामा नेपालमा आइतबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय पुरुष र २ जना महिलाहरु अस्पतालबाट डिस्चार्ज भएका हुन्।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ४६७ पुगेको छ।