काठमाडाैँ, असार १ गते । नेपालमा थप ४५१ जना सङ्क्रमित भएका छन् । पुरूष ४१६ र महिला ३५ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार २११ पुगेको छ । उनीहरु मध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेका छन् ।
साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साे कुराकाे जानकारी दिनुभएको हो ।
पछिकोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।
Leave a Reply
You must be logged in to post a comment.