काठमाडौं : नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको मन्त्रालयले बताएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन् ।
कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
Leave a Reply
You must be logged in to post a comment.