
काठमाडौँ, असार १८ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।
अहिलेसम्म कोरोना निको भएर पाँच हजार तीन सय २० जना घर फर्किएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भइसकेको छ।