
काठमाडौँ, भदौ ११ गते । नेपालमा एकहजार १११ काेराेना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ३७७ सङ्क्रमित थपिएको जनाएको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ ज्ना सङ्क्रमित थपिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको मन्त्रालयले बताएको छ ।