काठमाडौं, असार १५ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४७६ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २८ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ३ हजार १३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १२१ रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये १३ जना महिला र १०८ जना पुरुष छन्।
Leave a Reply
You must be logged in to post a comment.