मिर्गौला पीडितलाई पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्थाको सहयोग

185

चन्द्रागिरि,

पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि.ले दुवै मिर्गोला काम नलाग्ने भई उपचारको क्रममा रहनुभएका मच्छेगाउँ चन्द्रागिरि-९ का ३० वर्षीय प्रबित्रा मानन्धरलाई अक्सिजन सिलिन्डर आर्थिक सहयोग गरेको छ ।

अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रममा पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष अनुप मानन्धर, मानन्धरले उपचारका लागि सहयोग गर्नु निकै सराहनीय कार्य भएको बताउनुभयो । पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि परिवारका संस्थापक अध्यक्ष अनुप मानन्धर, दिपक मानन्धर, अनिल मानन्धर, कृष्ण श्रेष्ठ, अमिर मानन्धर, सुनिल मानन्धर, राज भाइ मानन्धर लगायतले संयुक्त रुपमा सहयोग अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको थियो ।