किन आउँछ सेतो दुबी ? सेतो दुबी आएकाहरुले ध्यान दिनु पर्ने कुरा

हाम्रो समाजमा अनुहारमा सेतो दुबी देखिनुलाई कर्मको खेल भन्ने र उपचार नगर्ने प्रचलन व्याप्त छ । सेता दुवी आउनुलाई सामान्य रुपमा लिएर उपचार गर्न चासो नदेखाउनेहरु छन् ।

तर सेतो दुबी छालामा देखापर्ने समस्या मध्ये शरीरलाई सबैभन्दा बढी कुरुप बनाउने समस्या हो । यो दुध जस्तै सेतो हुने भएकाले सेतो दुबी भनिएको हो ।

 सेतो दुबी देखिने कारण : चिकित्सा क्षेत्र सम्पूर्ण रुपले यहि कारणले नै सेतो दुबी देखा पर्छ भन्नेमा स्पष्ट छैन् । तर, विविध कारणले छालामा रंग उत्पादन गर्ने कोष मेलानोसाइट नष्ट हुँदा सेतो दुबी देखापर्छ । त्यस्तै मानसिक तनाव, कामको बोझ आदि कारणले पनि हुनसक्छ ।

सेतो दुबी बारे भ्रम : सेतो दुबी हुनेहरुलाई धेरै नै मानसिक तनाव हुने गरेको पाइन्छ । समाजमा सेतो दुबीलाई कुष्टरोगको संज्ञा दिने पनि गरिन्छ । यो रोग सर्छ त्यसैले सेतो दुबी भएकाहरुलाई छुनु हुँदैन, सँगै बस्नु हुँदैन, उनीहरुले प्रयोग गरेको सामान प्रयोग गर्नु हुदैन भन्ने नकारात्मक सोचाई विद्यमान छ । यही कारणले सेतो दुबी हुने हरुलाई हेलाका दृष्टिले हेर्ने गरिन्छ ।

सेतो दुबी कुनै डर लाग्दो रोग हैन । यो सर्ने रोग पनि होइन । यसमा कुनै पनि किटाणु हुदैन । सेतो दुबी प्रायजसो घाम पर्ने छालामा देखिन्छ ।

छालामा मूख्यतः तीन प्रकार सेतो दुबी देखिन्छ :

१.गोलो थोप्ला : यो गाला, नाक, कान, हात, पेट र गोडामा देखिन्छ ।

२.शरीरको एकापट्टीको भागमा मात्र आउने : यो कसैको हातको एक भाग वा अंगमा मात्र आउँछ ।

३. शरीरको पुरै भागमा देखिने : यो शरीरको पुरै भागमा देखापर्छ । यो औषधि गर्दा निको हुन गाह्रो हुन्छ । एकै चोटी देखिने भएकोले यसको लक्षण भनेकै दुबी नै हो । यो सबै उमेर समुहमा देखा पर्छ । जन्मजात हुन पनि सक्छ । तर ८,१० वर्षका बच्चाहरुमा यो हुने सम्भावना बढी हुन्छ । यो बंशाणुगत गुणको कारणले पनि हुन्छ । बुवाआमा मात्र नभएर टाढाटाढाका नातेदारहरुबाट पनि सर्न सक्छ ।

सेतो दुबी आएकाहरुले ध्यान दिनु पर्ने कुरा : सम्भव भएसम्म पलास्टिकजन्य सामाग्रीको प्रयोग नगर्ने । केमिकलजन्य सामग्रीको प्रयोग नगर्ने ।  यसको उपचार हुन्छ । तर लामो समय पनि लाग्न सक्छ । यस्तो समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह बमोजिम उपचार गरियो भने छोटो समयमै निको हुन पनि सक्छ ।