चन्द्रागिरिको दहचोकमा ३ सय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइदै

काठमाडौं । काठमाडौंको चन्द्रागिरि –१ दहचोकमा तीन सय ३४ बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ ।

स्वयम्भूस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालकाे नव निर्मित चन्द्रागिरि १ दहचाेकमा प्रयोगमा नरहेको
मनमाेहन मेमाेरियल मेडिकल एण्ड टिचिङ्ग हस्पिटललाई सरकारले काेराेना विशेष अस्पताल मा रूपान्तरण गर्ने गृहकार्य शुरू गरेकाे हाे ।

मंगलबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सञ्चालनमा आउन लागेको कोभिड अस्पतालको निरीक्षण गर्दै आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउने प्रतिबद्धता जनाए ।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनका लागि पूर्वाधारको बिकास गर्ने बताए । त्यस्तै उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट नै राखिने जानकारी दिए । उने देशभरका ३८ जिल्ला अस्पतालमा समेत अख्सिजन प्लान्ट राख्न बजेट पठाइसकिएको बताए । मन्त्री त्रिपाठीले भने, अस्पताल सञ्चालनका लागि हाई डिपेन्डेन्सी युनिट र अाईस्युका लागि अावश्यक प्रवन्ध गर्न म निर्देशन दिन्छु ।

त्यस्तै शिक्षामन्त्री श्रेष्ठले अस्पतालको माग अनुसार आईसीयूसहितको बेड तथा भेन्टिलेटरको पनि राखिने जानकारी दिए । अस्पताल सञ्चालनका लागि सबै आवश्यक पूर्वाधारको व्यवस्था गरिने उनले बताए ।

सरकारले सबै सामग्री उपलव्ध गराए एकसाताभित्रै अस्पताल सञ्चालनमा ल्याइने मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी निर्देशन डा धर्मदत्त सुवेदीले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाकाका नगर प्रवक्ता हरिभक्त महर्जनले अस्पताल सञ्चालनमा दुवै मन्त्रीहरूले चासाे देखाएकाे प्रति खुशी व्यक्त गरे । अस्पताल सञ्चालनले याे महामारीकाे युद्धमा ठुलाे टेवा पुग्ने उनकाे भनाई छ । अस्पतालका लागि अावश्यक पुर्वाधार र जनशक्ति सरकारले उपलव्ध गराई चाडाे अस्पताल सञ्चालनले अाम नागरिकहरूलाई सहज र सुलभ हुने विश्वास व्यक्त गरे ।