चन्द्रागिरी सरोकार समाजको दोस्रो चरण अन्तर्गत रक्तदान कार्यक्रम चनपा ८ ,ढास्कीमा सम्पन्न

चन्द्रागिरी सरोकार समाजको दोस्रो चरण अन्तर्गत रक्तदान कार्यक्रम चनपा ८ ,ढास्कीमा सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २९ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको र रक्तदान कार्यक्रम यस्तो लकडाउन को अवस्थामा पनि निकै सुरक्षित र सामाजिक दुरि कायम राखी निकै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको हो।

यस्तो कठिन समयमा अस्पतालहरुमा रगत अभाब कम गर्न केही सहयोग पुर्याउनु नै सस्थाको मुल उधेश्य रहेको र यो कार्यलाई चरणबद्ध रुपमा अगाडि बढाइने जानकारी चन्द्रागिरि सरोकार समाजका सचीव किरण पोखरेलले बताउनु भयो ।