नेपालमा थपिए एकैपटक २०१ कोरोना संक्रमित, संक्रमितको संख्या २३०० पुग्यो

काठमाडौं : नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको मन्त्रालयले बताएको छ ।डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना पुगेको छ । २२२ जना पुरूष र ५६ जना महिला निकाे भएका छन् ।