नेपालमा थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको छ।

कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या नेपालमा ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लुमा हिजो र आज मृत्यु भएका दुई जनाको मृत्युमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा ज्यान गुमाएकी बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएकी २ वर्षीया बालिकाको आईतबार बिहान २ बजेतिर मृत्यु भएको थियो ।

उनको स्वाब धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा पठाएको थियो । आईतबार दिउँसो आएको रिपोर्टमा ती बालिकामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।