नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५ पुग्यो

काठमाडौं, जेठ २४ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो ।

त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।