नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८६०५ पुग्यो।

काठमाडौं : नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको मन्त्रालयले बताएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन् ।

कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन नभएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।