नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

५ असार, काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भएको हो ।  

उनका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।