नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२

काठमाडौं, असार १४ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप  ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

कुल सङ्क्रमित हुनेमा एकहजार चारसय ७४ जना महिला र एघारहजार दुईसय ९८ पुरुष रहेका छन् ।