नेपालमा थप ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो ।

काठमाडौं – नेपालमा विगत २४ घण्टामा थप ५८६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

एकै दिन थप जनामा संक्रमण पुष्टि भएसँगै बुधबार नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै बुधबार अपराह्नसम्म १ हजार १६७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप ९ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।