काठमाडौं : नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्।
उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।