बिहान खाली पेटमा दुई पोटी लसुन र एक गिलास पानी खानुहोस्, यी रोगबाट बच्नुहोस्

चन्द्रागिरि ।


लसुन प्राय: हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्य सम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौँ।

लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ । लसुनका केही उपयोगिताका बारेमा जानी राखे भविष्यमा तपाँईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ ।

जानीराखौँ लसुनका केही उपयोगिता

१. गानो गएमा : लसुन पिसेर वा एक बिजुलो लसुन तातो पानीसँग खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।

२. विषम ज्वरोमा : बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।

३. मुटुको रोगमा : यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई पोटी भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।

४. शरिर सुनिएकोमा : लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ।

५. पेट दुखेमा : लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ।

६. बाझिकरणमा : एक पोटी लसुन छोडाएर कुट्ने र मिश्री या घिऊमा पकाएर खाए उत्तेजना र वल विर्य बढ्छ ।

७. स्वप्नदोषमा : एक बिजुलो काँचो लसुन चपाउनुपर्छ। यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ।

८. भित्री चोटमा : नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ गर्दछ।

९. वीर्य विर्य उत्पादनमा वृद्धि : लसुनको पोटी छोडाएर घिऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाइ दुधमा खीर पकाएर एक महिना जति दिनहुँ खाए विर्य बढ्छ ।

१०. कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ।

११. बिच्छीको विषमा लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ।

१२.जिब्रो सुनिएमा लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ।

१३. घाऊ धुन पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ।

१४. कान दुखेमा लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ।

१५. भोक नलागेमा बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत हुन्छ।