सतुगंलमा भोलि पनि महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

चन्द्रागिरि।



jibss

चन्द्रागिरि नगरपालिका वडा नं. १० ले महिलाहरुको लागि भोलि पनि निःशुल्क रूपमा वृहत महिला स्वास्थ्य शिविर “२०८०” सञ्चालन गर्ने भएको छ । दुइ दिने सञ्चालन हुने शिविर आज पहिलो दिन चन्द्रागिरि वडा नं. १० बोसीगाऊँको सामुदायिक भवनमा सञ्चालन भएको हो ।

साथै भोलि चन्द्रागिरि वडा नं. १० सतुङ्गलको हाई न्यू भिजन स्कुलमा बिहान ११ बजे बाट सञ्चालन हुने वडा अध्यक्ष शिव कुमार महर्जनले जनाएको छ भने नि : शुल्क औषधिको ब्यबस्था पनि गरिएको बताए ।