
चन्द्रागिरि, २०८२ साउन १५। चन्द्रागिरि नगरपालिका वडा नम्बर १०, बोसीगाउँमा अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित गरी तीन महिने सिलाइकटाइ तालिमको शुभारम्भ भएको छ। मानव सामाजिक सेवा नेपालको आयोजनामा, चन्द्रागिरि नगरपालिकाको सहकार्यमा र एविलिज फाउन्डेसनको आर्थिक सहयोगमा यो तालिम सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन कार्यक्रम चन्द्रागिरि नगरपालिकाकी उप-मेयर बसन्ती श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो। यस अवसरमा वडा नम्बर १० का वडा अध्यक्ष शिव कुमार महर्जन लगायत स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति थियो। यो तालिमले अपाङ्गता भएका व्यक्तिहरूको सीप विकास गरी उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।






