सतुङ्गलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

चन्द्रागिरि नगरपालिका सतुङ्गल स्थित सिजी अगाडी आज मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

बा ५३ प ८१५५ नम्बरको मोटरसाइकल र बा ०४० प ५९२९ नम्बरको स्कुटर आज बिहान १० बजे आपसमा ठोकिएका हुन्।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक राेल्पा रुन्टीगढी गाउँपालिका घर भइ हाल च.न.पा १५ तीनथाना बस्दै आएका २४ वर्षीय प्रकाशj र स्कुटर चालक च.न.पा. २ का ४० वर्षीय सानु राज तामाङ घाइते भएका हुन् ।

उनीहरू दुवैको ओम समाज अस्पताल, सतुङ्गलमा उपचार भइरहेको प्रहरीले जानकारी गराए।

घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरी वृत थानकोटले जनाएको छ।

तस्बिरः दिपक तिमल्सिना