बच्चाको घाँटीमा खानेकुरा अड्किदा खानानलीमा प्वाल पर्नसक्छ

काठमाडौँ – सानो उमेरका बालबालिकालाई हेरचाहमा धेरै ध्यान दिनुपर्ने हुन्छ। कतिपय अवस्थामा ख्याल गर्दा पनि उनीहरूको घाँटीमा खानेकुरा अड्किने समस्या धेरै कठिन बन्ने गर्छ। बालबालिका जिज्ञासु र खोज मुलक हुन्छन्। दुई वर्षको उमेरसम्म हरेक वस्तु मुखमा हाल्ने तथा खाने उनीहरूको बानी हुन्छ। ती वस्तुको बारेमा जान्नको लागि बालबालिकाले केही सेकेन्डको लागि मुखमा हाल्ने बानीलाई माउथिङ भनिन्छ। २ वर्ष भन्दा बढी उमेरका बालबालिकाले कुनै वस्तु मुखमा हालेर निल्ने क्रममा श्वासनली, खानानली तथा फोक्सोमा अड्कियो भने त्यो निकै जोखिम हुन्छ। केही बालबालिकामा निमोनियाको समस्या समेत हुन्छ। बालबालिकाको जिज्ञासा र जे कुरा पनि खान खोज्ने बानी तथा त्यसले निम्त्याउने समस्याका विषयमा कान, नाक, घाँटी रोग विशेषज्ञ डा. विज्ञानराज ज्ञवालीसँग त्रिगुणा भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः



jibss

पछिल्लो समय बालबालिकाको घाँटीमा देखिने समस्या कस्ता छन् ?
बालबालिकाको श्वासको र खानानलीमा अड्किने कुराहरु एकदमै सामान्य हुन्छन्। प्राय बच्चाहरुको कुराहरुलाई एक्सप्रोलोर गर्ने सुरुको अवस्थामा मुखले गर्न खोजेको पाइन्छ। फरेनबडि गएर श्वासनली, खानानलीमा अड्किने हुन्छ। श्वासनलीमा दानाहरु जस्तै चना, मकै जस्ता खानेकुराहरु मुखमा लिराखेको अवस्थामा हाँस्दा, रुदा, खोक्दा श्वासनलीमा अड्किन सक्छ। यस्तो बच्चाहरुको अप्रेसन महिनामा आठदेखि १० वटासम्म गर्नुपर्ने अवस्था आउँछ।

त्यसरी घाँटीमा अड्किएपछि कति समयसम्म उपचार गर्नु पर्छ र जोखिम कस्तो हुन्छ ?
बालबालिकाको घाँटीमा जे कुरा पनि अड्किएपछि निकाल्नै पर्छ। यो खानानलीमा बढी देखिन्छ। यो जोखिमपूर्ण भने हुन्छ। यो कारण थाहा पाएपछि बच्चालाई अप्रेसन थियटरमा लगेर अप्रेसन पनि गरिहाल्न मिल्दैन। समय र स्वास्थ्य हेरेर जाँच गर्नुपर्ने हुन्छ। जुन बच्चालाई बेहोस गराएर गर्नु पर्ने हुन्छ। खानानलीलाई प्वाल पर्दै जान्छ ।

खान नहुने कुराहरु अड्किए पछि त्यहाँ भएको छाला तथा टिस्युलाई पोल्छ, त्यसको असर कति जोखिमपूर्ण हुन्छ ?
खानानलीमा बटम ब्याट्री हालेर कति मिनेटमा इन्जुरि हुनसक्छ। कसरी उपचार गराउन सकिन्छ अध्ययन भएको छ। यदि बच्चाले सानो खालको कुनै नयाँ ब्याट्री खाएको छ भने १५ मिनेटदेखि नै त्यसको असर सुरु हुन्छ। २४ घण्टामा त त्यसले खानानलीमा प्वाल पार्न सक्छ।

बच्चाले खाएको कुनै वस्तुको दाना फोक्सोमा अड्किदा कस्तो खालको असर हुन्छ ?
यो सामान्य हुन्छ। सुरुमा त्यसरी खाएको कुरा सड्केर खोक्न थाल्यो, निलो भयो भने थाहा पाउनु पर्छ। कतिपय अवस्थामा केही उपाय नलागेपछि पनि सिटी स्क्यान गर्नुपर्छ।

त्यसरी खानेकुरा अड्किएपछि घरेलु उपाय अपनाउने कारण के छ ?
कहिलेकाहीँ घरेलु उपचारले जीवन बच्न पनि जान्छ। जसकारण घरेलु उपाय पनि महत्वपूर्ण छ। कहिलेकाहीँ भने पेट थिचेर पनि निकाल्न सकिन्छ। यो भनेको एक्लोपन भएको अवस्थामा अपनाउन सकिन्छ। घरेलु उपाय भन्ने हुँदैन।

त्यसरी खानेकुरा अड्किदा शल्यक्रिया गरेर निकालेपछि बच्चाको कसरी ध्यान दिनुपर्छ ?
बच्चाको खानपिनमा त्यस्तो ध्यान दिनु पर्दैन। ब्रङकोस कोपको सर्जरी गरेमा धेरै ध्यान दिन आवश्यक छ। यो कार्य गर्न धेरै असहज हुन सक्छ। यसबाट पनि भएन भने छाती चिरेर पनि निकाल्नु पर्ने हुन्छ। यो शल्यक्रिया जोखिमपूर्ण हुन्छ।

(प्रस्तुति : कुसुम गौतम)