चन्द्रागिरिमा स्तन क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौँ । अक्टोबर महिनालाई विश्वव्यापी रूपमा स्तन क्यान्सर विरुद्ध सचेतना अभियानको रूपमा मनाउने क्रममा चन्द्रागिरिमा पनि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ ।



jibss

स्तन क्यान्सर सचेतना महिना को अबसरमा समाधान बचत तथा ऋण सहकारीको आयोजनामा नेपाल क्यान्सर सरभाईबरस सोसाइटी को सहयोगमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा सामुदायिक बिधालयका बिध्यार्थीहरू, स्थानीय महिला,पुरूषहरू र स्थानीय जनप्रतिनिधि हरूको उत्साह जनक सहभागीता रहेको थियो।

विभिन्न रचनात्मक कार्यक्रमसहित अक्टोबर महिनाभरि चल्ने सचेतना कार्यक्रमलाई भव्य र शानदार रूपमा सम्पन्न गर्ने नेपाल क्यान्सर सरभाईबरस सोसाइटी संस्थाकाे कोषाध्यक्ष बिनु केसीले बताउनुभयो ।

काेषाध्यक्ष केसीले कार्यक्रममा उपस्थित हुनुभएका डाक्टर प्रफुल्ल शाक्य(नेपाल क्यान्सर हस्पिटल), डाक्टर अरुण शाही (पाटन हस्पिटल)र मनोसामाजिक परामर्श दाता कपील शर्माका साथै सहभागी हरु लाई धन्यवाद दिदै सवै साथ र सहयोगबाटै अभियान जनमुखी र प्रभावकारी हुने बताउनु भयाे ।

गलत प्रकारको जीवनशैलीका कारणले स्तन क्यान्सरलगायतका विभिन्न प्रकारका क्यान्सर रोग झनै जटिल हुँदै गइरहेको छ । क्यान्सर रोगको सम्बन्धमा विभिन्न भ्रमप्रति प्रष्ट हुँदै गएमा यो रोगमाथि विजय प्राप्त गर्न सकिने उहाँको तर्क थियो ।

अहिले पनि नेपालमा क्यान्सर रोगप्रति हेलचेक्र्याइँ हुँदा दैनिक पाँच जना महिलाको मृत्यु हुने गरेको छ ।

उहाँले सचेतना अभियानलाई व्यापक रूपमा फैलाउने हो भने यस प्रकारको भयावह स्थितिलाई कम गर्न सकिने धारणा राख्नुभयो ।

आफू स्वयम् विभिन्न पीडासँग जुध्दै जीवनलाई अगाडि बढाइरहेको भए पनि थुप्रै क्यान्सर सर्भाइबरलाई विभिन्न प्रकारले सहयोग गर्न निरन्तर लागिरहेकाे संस्थाले जनाएको छ।

चन्द्रागिरिमा स्तन क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न चन्द्रागिरिमा स्तन क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न चन्द्रागिरिमा स्तन क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न