मदन भण्डारी फाउन्डेसन चन्द्रागिरी नगर कमिटिको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, श्रावण १०। मदन भण्डारी फाउन्डेसन चन्द्रागिरी नगर कमिटिको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।लामो समयको निषेधाज्ञाको कारण अस्पतालमा भएको रगतको अभावलाई केहि हद सम्म भए पनि सहज बनाउन जन नेता स्व. मदन भण्डारीको ७० औं जन्म जयन्तिको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

जनताको बहुदलीय जनवाद जिन्दावाद रक्तदान जीवन दान भन्ने मूल नारा सहित शनिबार चन्द्रागिरी नगरपालिका वडा नं ४ कोतघरमा शनिबार बिहान ११ बजे देखी सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालित उक्त रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेको आयोजकले जानकारी गराएको छ ।छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल अवस्थामा पनि धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ४४ जनाले मात्र रक्तदान गरेको जानकारी गराएको छ । बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकले धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छ ।