नेपालमा एकै दिन १०१६ जनामा कोरोना संक्रमण

२ भदौ, काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।त्यस्तै कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुुनेको संख्या ११४ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।