निशुल्क मधुमेह सप्ताह स्वास्थ्य शिविर संचालन हुने

151

दान बहादुर मानन्धर ट्रस्ट द्वारा कार्तिक २८ गते मधुमेह रोग दिवस अवसरमा कार्तिक २७ गते आईतबार देखि मंसिर २ गते शुक्रबार सम्म निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

चन्द्रागिरि वडा नं. ११ स्थित सतुंगलको Ambrosia Ideal Secondary School (A.I School) नजिकै रहेको मेडपोइन्ट डाईग्नोष्टिक सेन्टरमा दान बहादुर मानन्धर ट्रस्ट द्वरा निशुल्क मधुमेह सप्ताह स्वास्थ्य शिविर संचालन गर्न लागेको हो ।

बिहान ७ बजे देखि १ बजे सम्म शिविरमा नि:सुल्क सुगर चेकजाँच, रगत जाँचमा ५०% छुट र नि:सुल्क औषधी वितरण साथै नि:सुल्क आँखा चेकजाँच पनि गरिने मानन्धर ट्रस्टका सदस्यले बताए।