कलंकीमा अन्तरार्ष्ट्रिय मान्यताप्राप्त प्याथल्याब एन्ड डायग्नोस्टिक सञ्चालनमा

कलंकीमा अन्तरार्ष्ट्रिय स्तरको अत्याधुनिक प्याथ ल्याब सञ्चालनमा ल्याइएको छ ।

काठमाण्डाै महानगरपालिका वडा नंं १४ का अध्यक्ष सुमन श्रेष्ठ लगायतको उपस्थितिमा  शुक्रबार एक कार्यक्रमका बीच कलंकीस्थित डिजी मार्टमा काठमाण्डाै प्याथल्याब एन्ड डायग्नोस्टिकको कलेक्शन सेन्टरबाट सेवा सुरू गरिएको हो ।

आइएसओ १५८९ मान्यताप्राप्त सो प्याथल्याब एन्ड डायग्नोस्टिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास-प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरू लिन सकिनेछ । सो  प्याथल्याब एन्ड डायग्नोस्टिकमा हेमाटोलोजी, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, इम्युनो अस्से, साइटोप्याथोलोजी, एफएनएसी, अटो इम्युन प्यानल, फ्लो साइटोमेट्री, किड्नी स्टोन एनलाइसिस लगायतका परिक्षण सुविधा समेत उपलब्ध हुने बताइएको छ । सो ल्याबको महाराजगन्जमा मुख्य ल्याब रहेको छ ।

काठमाण्डाै प्याथल्याब तथा डायग्नोस्टिकको सेवा उद्घाटनका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सञ्चालक सन्तोष दाहालले जानकारी दिनुभयो ।
काठमाण्डाै प्याथल्याब तथा डायग्नोस्टिकले मेट्रो अस्पतालसँगको सहकार्यमा मेट्रो ब्लड बैंक सञ्चालन गरिरहेको छ । काठमाण्डाै प्याथ ल्याब तथा डायग्नोस्टिकमा देश तथा विदेशमा ख्यातीप्राप्त अनुभवी चिकित्सकहरूले सेवा दिने बताइएको छ ।