सचेत नभए पटक-पटक सङ्क्रमण

352
सर्वसाधारण मानिस तथा स्वास्थ्यकर्मीलाई दोस्रो वा तेस्रो पटक सम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको पाइएको छ। 

कोरोनाबाट पुनः सङ्क्रमित नहुन जनस्वास्थ्यका मापदण्डबाहेक अन्य उपाय नभएको चिकित्सकहरू बताउँछन्। नेपालमा विभिन्न  किसिमका भेरियन्ट फैलिरहेको हुनाले पनि पटक–पटक सङ्क्रमित हुनुपरेको चिकित्सकको भनाइ छ।

ती व्यक्तिमा एन्टिबडी विकास भइनसकेको वा कम समयमात्र एन्टिबडी  शरीरमा रहेको चिकित्सकहरू बताउँछन्। गएको वैशाख महिनामा डा. शान्ता पौडेललाई पहिलो पटक कोरोना पुष्टि भएको थियो। अस्पतालमा कार्यरत रहँदा रहँदै कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि डा. पौडेलले पीसीआर परीक्षण गराए।

पीसीआर पोजेटिभ देखिएपछि उनी होमआइसोलेसनमा बसे। दुई  साताको बसाइपछि डा.पौडेललाई कोरोना निको भयो। पहिलो पटक कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या देखापरेको थियो। कोभिसिल्ड खोप लगाएका कारण आफूलाई अस्पताल भर्ना हुनु पर्नेगरी समस्या नभएको डा. पौडेलले जानकारी दिए। त्यसपछि उनलाई साउनको अन्तिम साता पुनः कोरोना पुष्टि भयो। होम आइसोलेसनमा १० दिन बसे पछि उनी अहिले नियमित अस्पताल जान थालेका छन्। गोरखापत्र दैनिकले लेखेको छ।