स्पार्क फिजियोथेरापी सेन्टर प्रा. लि. को समुद्घाटन अवसरमा १ दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने

chandragiri spark

चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित हाईभिजन कोलोनीमा प्यारालाइसिस, हाद जोर्नी तथा नशा सम्बन्धित रोगहरुको विभिन्न फिजियो थेरापीका माध्यमबाट स्वास्थ्य सेवामा योगदान गर्ने उद्देश्यले स्पार्क फिजियोथेरापी सेन्टर प्रा. लि. को स्थापना हुने भएको छ।

चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित हाईभिजनमा स्थापना गर्न लाएको उक्त सेन्टरमा मेरुदण्ड भाचिएका, गर्धन तथा कम्मरको नशा च्यापिएको, पक्षघात, मस्तिष्क पक्षघात, पार्किन्सन रोग, बाथ रोगको विशेष उपचार भोलि देखि शुरु हुने भएको छ। विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श, दुःखाई निर्मूल उपचार, हाडजोर्नी, नशा लगायतको उपचार गरिने जनाइएको छ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनाश्याम गिरिको प्रमुख अथितिमा सेन्टरको समुद्घाटन गर्ने भएको छ। यस अवसरमा भोलि १ दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने जनाइएको छ।