आजदेखि चन्द्रागिरिमा भेरोसेलको दोस्रो डोज

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आज (शुक्रबार)देखि चन्द्रागिरिमा लगाँइदै छ । चन्द्रागिरि नगरपालिकाको सवै वडाहरुमा कोभिड-१९ विरुद्धको चाईनिज भेरोसेल खोपको दोस्रो मात्रा मिति २०७५ /०५/११ गतेदेखि १२ गतेसम्म संचालन हुने छ।



भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् ।