
६ श्रावण, काठमाडौं । अमेरिकाले उपलब्ध गराएको कोरोनाभाइरस कोभिड–१९ विरुद्धको एक डोज मात्र लगाए हुने जोन्सन एंड जोन्सन खोप चन्द्रागिरि नगरपालिकामा साउन ४ गतेदेखि सुरु भएको थियो।
अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक डोज मात्रै दिइने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाइ मात्र लगाउन पाउने भएता पनि आज बाट १८ बर्ष माथि समुह नागरिक हरु लाइ लगाउन पाउने व्यवस्था भएको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम मणि घिमिरे बताउनु भयो।
चन्द्रागिरिमा कहाँ छन् खोप केन्द्र ?
चन्द्रागिरि प्राथमिक स्वास्थ्य अस्पताल, थानकोट,
सामुदायिक भवन, सतुंगल साथै
ए. पि. एफ, बलम्बु
बाट खोप केन्द्रहरुको व्यवस्था गरिएको छ।