उपत्यकाका सिडिओको आग्रह एक हप्तालाई पुग्ने गरि खाद्यान्न किनेर राख्नुस्

तस्बिर:- रकी महर्जन File Photo

काठमाडौं। उपत्यकाका तीन वटै जिल्लामा १ हप्ता निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा थप गर्ने निर्णय गर्दै काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा हप्ता दिन पुग्ने खाद्यान्न किनेर राख्न अनुरोध भनेका छन् ।




मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने र यो अवधिमा किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

तरकारी, माछामासु र दूधलगायत बिक्रि हुने पसल भने बिहान ९ बजेसम्म खोल्न पाईने छ । लकडाउन अवधिमा खाद्यान्न पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भएकाले सिडिओहरूले आज र भोलिमा एक हप्तालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेका छन् ।

थपिएको लकडाउन जेठ १४ गते देखि जेठ २० गतेसम्म लागू हुनेछ ।

Chandragiri Nagarpalika Chandragiri Nagarpalika2 Chandragiri Nagarpalika3