ए डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत तेश्रो चन्द्रागिरि मेयर गोल्डकप आयोजना हुने ।

चन्द्रागिरि,
तेश्रो चन्द्रागिरि मेयर गोल्डकप २०७६ ए डिभिजन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । दीपशिखा युवा समुहको आयोजनामा राष्ट्रय ए डिभिजन फुटबल प्रतियोगिता आयोजना हुने भएको हो । तेश्रो चन्द्रागिरि मेयर गोल्डकप २०७६ ए डिभिजन फुटबल प्रतियोगिता तेश्रो संकरण २०७६ कार्तिक ३० गतेबाट सूरू हुने भएकाे हो।

प्रतियोगितामा ‘ए’ डिभिजनसहित १० वा सो भन्दा बढी टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी मध्ये २ टोली आयोजक र चन्द्रागिरी नगरपालिका टोली सहभागिता रहेको छ ।

साथै च.न.पा का वडा १ देखि १५ सम्म इच्छुक खेलाडीले चन्द्रागिरी नगरपालिका टोलीमा समावेश हुन सक्ने जनाएको छ र  नैकाप फुटबल मैदानमा प्रशिक्षण क्रममा खेलाडीको छनोट प्रकरणमा भोलि बाट सूरु हुने जानेएको छ।

प्रतियोगिताको विजेताले ६ लाख ५० हजार तथा उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान तथा नगद पाउनेछन्। यस्तै हरेक खेलको म्यान अफ द म्याचले नगद सहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिका १४ स्थित पुरानो नैकापको खेल मैदानमा हुनेछ ।