काँग्रेस उम्मेदवार धर्मनन्द श्रेष्ठ भन्छन् “नयाँ र पुरानो वस्तीका नाममा हुने विभेद हटाउने छु, नेवाः संस्कृति जगेर्नामा विशेष जोड”

चन्द्रागिरि । अासन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा व्यस्त छन् । घरदैलो कार्यक्रम, अामसभा, चियापान कार्यक्रम अादि नाम दिइएका कार्यक्रमा मतदाता अाफुतिर तान्न राजनीतिक दलका नेता कार्यकर्ताहरूलार्इ भ्याइ नभ्याइ छ । चन्द्रागिरिन्युजले प्रदेश नं. १० ख का नेपाली काँग्रेसका उम्मेदवार धर्म नन्द श्रेष्ठसँग विशेष कुराकानी गरेको छ । श्रेष्ठ अाफुलार्इ पार्टीले विगतमा पुर्याएको योगदानका अाधारमा उम्मेदवार बनाएको बताउँछन् । नेवार संस्कृति जगेर्ना, नयाँ र पुरानो बस्ती भनि गरिने विभेदको अन्त्य लगायतका योजनाहरू सहित चुनावी मैदान उत्रिएका छन् । भिडियो हेराैँ ।